काठमाण्डौ।सुनचाँदी बजारमा साताको अन्तिम कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु. ९७ हजार २०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९७ हजार ५०० मा कारोबार भएको पहेंलो धातु आज प्रतितोला रु ३०० ले ओरालो लागेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. ९६ हजार ७०० तोकिएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९७ हजार थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु.२५ ले घटेर रु. एक हजार २१० मा आएको महासङ्घले जनाएको छ ।