लेबनानमा चरम खाद्य संकटको चेतावनी, एक तिहाइ बेरोजगार

RSS २०७९-०३-१८ १४:१३:०० बजे

काठमाण्डौ।लेबनानमा पाउरोटी र अन्य आधारभूत सामग्रीमा भएको तीव्र मूल्य वृद्धिले लेबनानमा मानवीय स्थिति दयनीय बनेको संयुक्त राष्ट्रसंघका एक वरिष्ठ अधिकारीले शुक्रबार बताउनुभएको छ । रूस यूक्रेन युद्धको प्रभावका कारण लेवनानमा सबै सामानमा अत्यधिक मूल्यवृद्धि भएको उहाँले बताउनुभयो ।

उहाँले लेबनानको संकटले देशभरका लाखौँ नागरिकलाई प्रभावित पारिरहेको बताउनुभयो ।

लेबनानका लागि संयुक्त राष्ट्र संघीय आवासीय संयोजक तथा मानवीय संयोजक नजात रोचडीले पत्रकार सम्मेलनमा भन्नुभयो, “युक्रेनी संकटको प्रभावबाट लेबनानमा सामाजिक–आर्थिक मन्दी थप चर्किएको छ । यो मुख्यतः पाउरोटीको मूल्यमा भएको तीव्र वृद्धि र खाद्य सुरक्षालाई खतरामा पार्ने खालको रहेको देखिएको छ ।” 

“हाम्रो हालैको मूल्याङ्कनअनुसार २२ लाख मानिसहरूलाई वर्षको अन्तसम्म खाद्य तथा अन्य आधारभूत आवश्यकताहरूको पहुँच सुरक्षित गर्न तत्काल सहयोगको आवश्यकता पर्दछ, जुन गत वर्षको तुलनामा ४६ प्रतिशत वृद्धि हो ।”

लेबनानको श्रम शक्तिको झण्डै एक तिहाइ बेरोजगार रहेको उहाँले बताउनुभयो ।

सन् २०१८–२०१९ मा यहाँ रहेको बेरोजगारी दर ११.४ प्रतिशतबाट बढेर सन् २०२२ मा २९.६ प्रतिशत पुगेको छ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।