न्यूयोर्कका सार्वजनिक स्थलमा बन्दुक बोक्न नपाइने

RSS २०७९-०३-१८ १५:५४:०० बजे

काठमाण्डौ।सर्वोच्च अदालतको आदेशपछि न्यूयोर्क राज्य सरकारले धेरै सार्वजनिक स्थानमा बन्दुक बोक्न नपाउने नियम लागू गरेको छ । 

राज्यसरकारले टाइम्स स्क्वायरलगायत धेरै सार्वजनिक स्थानमा बन्दुकमाथि प्रतिबन्ध लगाएको छ भने बन्दुक राख्ने अनुमतिका लागि आवेदकहरूलाई उनीहरूको प्रहार गर्ने प्रवीणता प्रमाणित गर्न  तथा सामाजिक सञ्जालका खाताहरू समीक्षाका लागि सरकारी अधिकारीसमक्ष पेश गर्नुपर्ने कानून पारित गरेको छ ।

न्यूयोर्कका डेमोक्र्याट नेताहरूले राज्य सरकार र अदालतको निन्दा गर्दै जति धेरै बन्दुक बोकेका मानिस हुन्छन् त्यति नै धेरै बन्दुक हिंसाका घटना बढ्ने टिप्पणी गरेका छन् । सार्वजनिक सुरक्षाका नाममा त्यसो गर्न नहुने उनीहरूको अभिमत छ । 

गत साता सर्वोच्च अदालतको ऐतिहासिक निर्णयले बन्दुक हिंसा नियन्त्रण गर्नेसम्बन्धी कानुन पारित गर्न बाध्य पारेपछि बोलाइएको आकष्मिक बैठकले उक्त कानुन अनुमोदन गरेको हो । अमेरिकी संविधानले हरेक नागरिकलाई आत्मरक्षाको लागि सार्वजनिक बन्दुक बोक्ने अधिकार प्रत्याभूत गरेको छ ।  सन् १९११ मा न्यूयोर्क राज्यसरकारले आत्मरक्षका निम्ति बन्दुक राख्न पाउने संवैधानिक प्रावधानलाई अनुमोदन गरेको थियो । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।