युक्रेनी शहर लिसिचान्स्क कब्जा गरेको रूसको दाबी

RSS २०७९-०३-१९ १४:११:०० बजे

काठमाण्डौ।युक्रेनको सम्पूर्ण डोनबास क्षेत्र कब्जा गर्ने लक्ष्यअनुरूप  लुहान्स्क प्रान्तको प्रमुख अन्तिम शहरलाई रूसी सेनाले नियन्त्रणमा लिएको दाबी रूसका रक्षामन्त्रीले गरेका छन् ।

रक्षामन्त्री सर्गेई शोइगुले राष्ट्रपति भ्लादिमिर पुटिनलाई रूसी सेनाले स्थानीय पृथकतावादी समूहका सदस्यहरूसँग मिलेर लिसिचान्स्क शहरमा पूर्ण नियन्त्रण स्थापित गरेको जानकारी दिएका उक्त मन्त्रालयले जनाएको छ । 

रूसले सार्वभौमसत्ताको रूपमा मान्यता दिएको युक्रेनका दुई पृथकतावादी क्षेत्रहरूमध्ये एउटा लिसिचान्स्कलाई नियन्त्रणमा लिनु भनेको ‘लुहान्स्क जनगणतन्त्रको मुक्ति हो’ रक्षा मन्त्रालयको  विज्ञप्तिमा भनिएको छ ।

यसअघि लुहान्स्कका गभर्नरले आफ्नो प्रान्तमा प्रतिरोधको अन्तिम किल्ला लिसिचान्स्क कब्जा गर्न रूसी सेनाले आफ्नो स्थिति बलियो बनाएको र बुझ्न नसकिने रणनीतिका साथ शहरमा आक्रमण गरेका बताएका थिए । युक्रेनी अधिकारीहरूले लिसिचान्स्कको पछिल्लो अवस्थाबारे जानकारी दिएका छैनन् । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।