काठमाण्डौ।सुनचाँदी बजारमा साताको दोस्रो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु. ९७ हजार ५०० तोकिएको छ । अघिल्लो दिन पनि प्रतितोला रु ९७ हजार ७०० मा कारोबार भएको पहेंलो धातु आज हिजोकै मूल्यमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. ९७ हजार तोकिएको छ । यसको मूल्य अघिल्लो दिन पनि प्रतितोला रु ९७ हजार नै थियो । त्यस्तै आज चाँदीको मूल्य पनि अघिल्लो कारोबार मूल्य रु. एक हजार २०० मा भइरहेको महासङ्घले जनाएको छ ।