काठमाण्डौ।सुनचाँदी बजारमा साताको पाँचौँ कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु. ९४ हजार ६०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९६ हजारमा कारोबार भएको पहेंलो धातु आज प्रतितोला रु.१ हजार ४०० ले ओरालो लागेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. ९४ हजार १०० तोकिएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९५ हजार ५०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु.१० ले बढेर रु. एक हजार २८५ पुगेको महासङ्घले जनाएको छ ।