काठमाडौ। विश्व बजारमा सुनको मुल्य ह्वात्तै घटेको छ । अमेरिकी डलरको विनिमय दरमा भएको वृद्धिका कारण सुनचाँदीको बजार मूल्य खस्किएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विश्व बजारमा सुनको मूल्यमा आएको गिरावटको प्रभाव नेपाली बजारमा पनि देखिएको छ ।
अमेरिकी डलरको विनिमयदरमा भएको वृद्धिसँगै लगानीकर्ताहरु डलर तर्फ आकर्षित भई सुन बिक्रीको चाप पर्न थालेपछि सुनको मूल्यमा कमी आएको हो ।
मंगलबार प्रतितोला ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार १६ सय रुपैयाँले घटेर ९६ हजार रुपैयाँमा कारोबार भएको थियो भने आज बिहीबार पनि छापावाल सुनको मूल्य ओरालो लागेर ९४ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।