दक्षिण कोरियाको एलजी इलेक्ट्रोनिक्सले राजस्व योगदानमा दोब्बर अंकको बृद्धि

RSS २०७९-०३-२४ १५:२८:०० बजे

काठमाण्डौ।दक्षिण कोरियाको एलजी इलेक्ट्रोनिक्सको सञ्चालन मुनाफामा दोब्बर अङ्कको गिरावटका बावजूद दोस्रो त्रैमासिकमा राजस्व योगदानमा दोब्बर अङ्कले वृद्धि भएको कम्पनीले बिहीबार जनाएको छ । 

प्रारम्भिक राजस्व एक वर्ष पहिलेको भन्दा १५.० प्रतिशतले बढेर अप्रिल–जून महिनामा १५ अर्ब अमेरिकी डलर) पुगेको छ तर सञ्चालन नाफा १२.० प्रतिशतले घट्दै ६० करोड ९० लाख अमेरिकी डलरमा झरेको छ । 

राजस्वले लगभग बजारको अपेक्षा पूरा ग¥यो तर परिचालन मुनाफाले करिब ६६ करोड ३८ लाख अमेरिकी डलरको प्रक्षेपणलाई कायम राख्न नसकेको देखिएको छ ।

यूरोपमा लामो समयसम्म भौगोलिक जोखिम र विश्वव्यापी आपूर्ति श्रृंखला अवरोधको बीचमा वस्तुको मूल्य र रसद लागतले गर्दा परिचालन मुनाफामा दोब्बर अङ्कको कटौती भएको थियो ।  

प्रमुख अर्थतन्त्रहरूमा कर्जाको बढोत्तरीले पनि विश्वव्यापी खपतको मागलाई कम गरेको कम्पनीले बताएको छ । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।