चरम भोकमरी बढ्ने संयुक्त राष्ट्रसङ्घको चेतावनी

RSS २०७९-०३-२४ १५:४३:०० बजे

काठमाण्डौ।संयुक्त राष्ट्रसङ्घले ल्याटिन अमेरिकी र क्यारेबियन क्षेत्रमा भोकमरीको समस्या चरम रुपमा बढ्दै जानसक्ने चेतावानी दिएको छ । राष्ट्र सङ्घीय खाद्य कार्यक्रम (एफएओ) ले सो चेतावानी दिएको हो । पछिल्ला दिनहरुमा ल्याटिन अमेरिकी र क्यारेबियन क्षेत्रीय देशहरुमा बढ्दै गएको खाद्य असुरक्षाका कारण यहाँ भोकमरी बढ्दै जाने अवस्था देखिएको सो कार्यक्रमले जनाएको हो । 

यहाँ हरेक वर्ष खाद्य असुरक्षा बढ्दै गएको र भोकमरीमा परेका नागरिकहरुको संख्या पनि बर्षेनी बढ्दै गएको देखिएको अधिकारीहरुले जनाएका छन् । 

सो विश्व खाद्य कार्यक्रमका अधिकारीहरुले सन् २०२१ को तुलनामा यस वर्षमात्र कम्तीमा पनि ४० लाख नागरिक भोकमरीको चपेटामा परेका पाइएको पनि बताएको छ । 

यस क्षेत्रमा सन् २०२० र २०२१ मा सम्ममा करिब ५ करोड ६५ लाख  नागरिक भोकमरीको चपेटामा परेका थिए । साथै यसै अवधिमा यहाँका २६ करोड ८० लाख नागरिकहरु खाद्यान्नको असुरक्षाको अवस्थामा परेका पनि पाइएको समाचारमा जनाइएको छ । 

यसरी वर्षेनी खाद्य असुरक्षामा पर्ने र खाद्यान्न अभावमा रहेका नागरिकहरुको संख्या बढ्दै गएको भन्दै आगामी केही समयमै यहाँ भोकमरीमा पर्ने नागरिकको संख्या निकै धेरै हुने भएकाले त्यसको आवश्यक तयारी गर्न पनि संयुक्त राष्ट्रसङ्घीय खाद्य कार्यक्रमले आग्रह गरेको छ ।

खडेरी तथा अन्य विविध कारणहरुले यहाँ हरेक वर्ष खाद्यान्न उत्पादनमा पनि कमी आएको र यसका कारण यहाँ खाद्यान्न संकट बढ्दै जाने बताइएको छ । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।