सुनचाँदी व्यवसायीहरुबीच व्यवसायिक एकरुपता कायम गर्ने निर्णय ,आम उपभोक्ताले निर्धक्कसँग कारोबार गर्न सक्ने

अर्थबिट २०७९-०३-२७ ०४:१९:०० बजे

काठमाण्डौ।सुनचाँदी ब्यवसायीहरुबीच यस क्षेत्रमा हुनै सवै खालका कारोबार र ब्यवसायिक गतिविधीहरुमा एकरुपमा ल्याउने निर्णय भएको छ ।

काठमाण्डौमा आज सोमबार सम्पन्न नेपाल सुनचाँदी ब्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघबीच यस्तो सहमति भएको हो । 

दुई महासंघबीच भएको सहमतिका क्रममा दुवै महासंघको काठमाण्डौ उपत्यकाका विभिन्न जिल्लाका प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो । यो निर्णय सँगै सुनको आपूर्ति तथा बिक्री वितरण, मुल्यनिर्धारण प्रक्रिया, बिक्री पछिको खरिद प्रक्रिया, ज्याला, जर्ति तथा टोलरेन्स लगायतका विषयमा व्यवसायी बीच एकरुपता आउने विश्वास गरिएको छ । 

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले साझा समस्यामा दुवै महासंघ मिलेर अगाडि बढ्ने क्रममा यो निर्णय भएको बताए । यो निर्णयले आम उपभोक्तालाई समेत फाइदा पुग्ने उनको भनाई छ । यो निर्णयसँगै मूल्य र गुणस्तरमा एकरुपता कायम हुने हुनाले आम उपभोक्ताले निर्धक्कसँग कारोबार गर्न सक्ने उनको जिकिर छ । 

नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अध्यक्ष शुरेसमान श्रेष्ठले साझा समस्यामा दुवै महासंघ मिलेर अगाडि बढ्ने क्रममा यो निर्णय भएको र यसले ब्यवसायीलाई मात्र नभई आम उपभोक्तालाई पनि फाइदा पुग्ने बताए । यसअघि यदाकदा यी विषयमा ब्यवसायी बीच फरक फरक ब्यवस्था हुने परिपार्टी थियो । कार्यक्रममा ब्यवसायीका विभिन्न समस्याको अध्ययनगर्न एक समिति समेत गठन गर्ने निर्णय भएको छ । 

कार्यक्रममा नेपाल सुनचाँदी ब्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ, काठमाडौं सुनचाँदी ब्यवसायी संघ, ललितपुर सुनचाँदी ब्यवसायी संघ, भक्तपुर सुनाँदी ब्यवसायी संघ, काभ्रे सुनचाँदी ब्यवसायी संघ, रत्न तथा आभुषण ब्यवसायी संघ लगायतका संस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो । 

 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।