काठमाण्डौ।उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद वडुले सुनचाँदी ब्यवसाय सञ्चालनका लागि आवश्यक नीति बनाउन सरकार तयार रहेको बताउनुभएको छ ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा आज गएको महासंघको प्रतिनिधिमण्डल सँगको भेटका क्रममा मन्त्री बडुले आम उपभोक्ता र ब्यवसायीहरुको हक अधिकारको सुनिश्चितताका लागि सरकार प्रतिवद्ध भएको बताउनुभयो ।
मन्त्री वडुले सुनचाँदी ब्यवसायीले उठाउँदै आएको सुनचाँदी कारोबार ऐन तर्जुमाका लागि मन्त्रालयका तर्फवाट शीघ्र पहल गर्न पनि सम्वद्ध निकायलाई निर्देशन दिनुभयो ।
त्यसक्रममा महासंघका अध्यक्ष शाक्यले सुनचाँदी ब्यवसायको क्षेत्रमा देखिएको विभिन्न समस्याको बारेमा मन्त्री बडुलाई जानकारी गराउनुभएको महासंघका प्रवक्ता मनोज कुमार शाहले बताउनुभयो । उहाँका अनुसार भेटकाक्रममा कच्चा पदार्थको आपूर्तिको अवस्था, सुनचाँदीको मूल्य निर्धारण प्रकृया, कालिगढको ब्यवस्थापन, ब्यवसायीक सुरक्षा लगायतका बिषयमा छलफल भएको थियो ।
मन्त्री वडुसँगको भेटका क्रममा अध्यक्ष शाक्यका अलावा महासंघका उपाध्यक्ष द्धय विपिन रामुदामु र पवन कुमार सोमानी लगायतको सहभागिता रहेको थियो ।