श्रीलङ्काका निवर्तमान राष्ट्रपति गोटाबाया राजापाक्षे आज सिङ्गापुर प्रस्थान

RSS २०७९-०३-३० १०:०८:०० बजे

काठमाण्डौ। श्रीलङ्कामा चर्को विरोध प्रदर्शनपछि माल्दिभ्सको राजधानी माले पुगेका निवर्तमान राष्ट्रपति गोटाबाया राजापाक्षे आज सिङ्गापुर प्रस्थान गरेका छन्।

राजपक्षेले माल्दिभ्स छाडेर निजी जेटमा सिङ्गापुर जाँदै गरेको डेली मिररले स्रोतलाई उद्धृत गर्दै  उल्लेख गरेको छ। यसअघि, एक निजी जेट माल्दिभ्सबाट सिङ्गापुर प्रस्थान गर्न मालेमा अवतरण भएको पनि  डेली मिररले बताएको छ ।    

राजापाक्षे,  श्रीमती इओमा राजपाक्षे र दुई सुरक्षा अधिकारीहरू हिजो राति मालेबाट सिङ्गापुरका लागि सिङ्गापुर एयरलाइन्सको विमान चढ्ने तयारीमा थिए तर सुरक्षा चिन्ताका कारण सो कार्यक्रम स्थगित भएको थियो । 

७३ वर्षीय गोटाबाया राजापाक्षे जुलाई ९ मा प्रदर्शनकारीको भीडले निवासमा आक्रमण गरेपछि लुकेर बसेका थिए  । विकसित घटनाक्रमलाई सहजरूपमा सम्बोधन गर्न नसकेपछि उनले बुधबार राजीनामा बुझाउने घोषणा गरेका थिए।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।