काठमाण्डौ।सुनचाँदी बजारमा साताको अन्तिम कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु. ९३ हजार ८०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु. ९४ हजार ६०० मा कारोबार भएको पहेंलो धातु आज प्रतितोला रु ८०० ले ओरालो लागेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. ९३ हजार ३०० तोकिएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९४ हजार १०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु.३५ ले घटेर रु. एक हजार २४५ मा आएको महासङ्घले जनाएको छ ।