महामारीले बढायो जुवातासको लत

RSS २०७९-०३-३२ ०९:२०:०० बजे

काठमाण्डौ।कोभिड–१९ को महामारीका बेला अष्टे«लियाली युवामा ‘अनलाइन’ जुवाको लत लागेको पाइएको छ । सङ्क्रमण नियन्त्रणका निम्ति सरकारले जारी गरेको बन्दाबन्दी आदेशको पालना गर्ने सिलसिलामा युवावर्ग अनलाईन बाजी थाप्ने, जुवातास खेल्नेलगायत गतिविधि बढेको नयाँ सर्वेक्षणले देखाएको हो । 

नेशनल लाइब्रेरी अफ मेडिशिनले शुक्रबार सार्वजनिक गरेको सर्वेक्षणअनुसार १९ वर्षमुनिका एक हजार किशोरकिशोरीमध्ये ३० जनामा मानसिकरूपमा इन्टरनेट गेमिङ डिसअर्डर पाइएको छ । विकासात्मक मनोवैज्ञानिक एवम् म्याक्वेरी विश्वविद्यालयका एशोशिएट प्रफेसर वेन वारबर्टनले इन्टरनेट गेमिङ डिसअर्डरका कारण उनीहरूमा विद्यालयले दिएका गृहकार्य, पारिवारिक सम्बन्ध र मानसिक स्वास्थ्यलगायत दैनिक जीवनमा गम्भीर असर पर्नसक्ने बताएका छन् । 

इन्टरनेट गेमिङ डिसअर्डरबाट प्रभावितहरूमा चिडचिडापन, विगतका आमोदप्रमोद एवम् मनोरञ्जनका कुरामा अरूची र वेवास्ता गर्ने तथा गेमिङबाट उनीहरूलाई रोक्न खोज्दा उनीहरूबाट आक्रमणसमेत हुनसक्ने मनोवैज्ञानिक वारबर्टनले सर्वेक्षणमा उल्लेख गरेका छन् । सामाजिकरूपमा साथीभाइसँग घुलमिल हुनेभन्दा पनि इन्टरनेटमा उपलव्ध मनोरञ्जनात्मक गतिविधिमा उनीहरू अधिकमात्रामा व्यस्त रहेका पाइएको छ । 

प्राध्यापक वारबर्टनले अमेरिकी तथ्याङ्लाई पनि सर्वेक्षणमा उद्धृृत गरेका छन् ।  सन् २०२१ मा दैनिक औसत पाँचसय २० मिनेट मनोरञ्जन स्क्रिनमा बिताएका किशोरकिशोरीहरूको त्यो समय कोरोना महामारीअघि औसत दैनिक चारसय मिनेटमा सीमित थियो । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।