काठमाण्डौ।सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु. ९३ हजार ६०० तोकिएको छ ।
गत शुक्रबार प्रतितोला रु ९३ हजार ८०० मा कारोबार भएको पहेंलो धातु आज प्रतितोला रु २०० ले ओरालो लागेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. ९३ हजार १०० तोकिएको छ । यसको मूल्य गत शुक्रबार प्रतितोला रु ९३ हजार ३०० थियो । त्यस्तै आज चाँदीको मूल्य भने अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु.१५ ले बढेर रु. एक हजार २६० मा पुगेको महासङ्घले जनाएको छ ।