काठमाण्डौ।सुनचाँदी बजारमा साताको तेस्रो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु. ९३ हजार ८०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९४ हजारमा कारोबार भएको पहेंलो धातु आज प्रतितोला रु २०० ले ओरालो लागेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. ९३ हजार ३०० तोकिएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९३ हजार ५०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु.५ ले घटेर रु. एक हजार २६० मा आएको महासङ्घले जनाएको छ ।