ग्यासको खपत सीमित गर्ने ईयूको योजनाप्रति ग्रीसद्वारा चासो व्यक्त

RSS २०७९-०४-०५ १४:४०:०० बजे

काठमाण्डौ।रूसबाट आपूर्तिमा रोक लगाउन सक्ने अवस्थामा ग्यासको खपतलाई सीमित गर्ने यूरोपेली संघ (ईयू)को योजना उचित नभएको ग्रीसले बिहीबार जनाएको छ । 

ग्रीसका सरकारका प्रवक्ता यानिस इकोनोमूले सञ्चारकर्मीसँग गरेको एक संक्षिप्त कुराकानीमा भने, “प्राकृतिक ग्यासको खपतमा १५ प्रतिशत कटौती गर्ने (ईयू) आयोगको प्रस्तावसँग ग्रीस सरकार सिद्धान्ततः सहमत छैन ।”

यसअघि बुधबार, युरोपेली संघले सदस्य राष्ट्रहरूले जाडोको स्टक सुरक्षित गर्न ग्यासको माग कम गर्न सुझाव दिएको थियो । यसले रूसलाई युक्रेनको आक्रमणमाथि पश्चिमी प्रतिबन्धको बदलामा ‘ब्ल्याकमेल’ र हतियार बनाउने ऊर्जा आपूर्तिको आरोप लगाएको थियो । 

आयातमा पूर्ण रूपमा बन्द हुनु वा पूर्वदेखि पश्चिमसम्मको प्रवाहमा तीव्र कमी हुनुले युरोपेली अर्थतन्त्रमा विनाशकारी असर पार्न सक्छ, कारखानाहरू बन्द हुन सक्छन् साथै चिसोमा आवश्यक न्यानोका लागि ग्यास अभाव हुन सक्छ । 

ग्रीसका ऊर्जा मन्त्री कोस्टास स्क्रेकासले स्थानीय रेडियोसँग भने, “हामी यस मापदण्डको अनिवार्य प्रकृति र घोषणा गरिएको सीमाको स्तरसँग पनि सहमत छैनो ।” 

ग्रीसले ग्यासको प्रयोगलाई सीमित गर्न विभिन्न उपायहरू गरिसकेको कुरा उनले औंल्याए । 

ईयुको योजनाको इटाली, स्पेन, पोर्चुगल, फ्रान्स, माल्टा र साइप्रसले पनि विरोध गरेको स्क्रेकाले बताए । 

नोर्ड स्ट्रीम पाइपलाइनमार्फत जर्मनी र जर्मनीमार्फत युरोपमा महत्वपूर्ण ग्यास आपूर्ति गर्ने रोकिएको मार्गलाई रूसले १० दिनको मर्मतपछि पुनः स्थापित गरेको छ तर क्रेमलिनले यस जाडोमा यूरोपमा अझै ऊर्जा संकट उत्पन्न गर्ने वा नगर्ने भन्ने सन्दर्भमा अहिले केही बोलेको छैन । 

ईयूले रूसलाई यूक्रेन युद्धका कारण लगाएको आर्थिक प्रतिबन्धसँग रूसले बदला लिने निर्णय गरेमा यूरोपमा ग्यास आपूर्ति अभाव हुनेछ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।