कोभिडको सातौँं लहरले देशव्यापी प्रभाव, सङ्क्रमित दर उच्च बन्दै

RSS २०७९-०४-०५ १४:४३:०० बजे

काठमाण्डौ।जापानले कोभिडको सातौँं लहरले देशव्यापी प्रभाव पारेको बिहीबार जनाएको छ । 

कोभिड–१९ बाट सङ्क्रमितको दर उच्च बन्दै गएपछि जापानको यो भनाइ आएको हो । 

पछिल्लो २४ घण्टामा जापानमा एक लाख ८६ हजार २४६ थप व्यक्तिमा कोभिड–१९ सङ्क्रमण भएको जापानको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

राजधानी टोकियोमा सङ्क्रमणहरू अहिलेसम्मकै सबैभन्दा बढी देखिएको छ । पछिल्लो २४ घण्टामा राष्ट्रव्यापी सङ्क्रमितको सङ्ख्या बुधबार रिपोर्ट गरिएका एक लाख ५२ हजार ५३६ भन्दा करिब २० हजारले बढी अर्थात् एक लाख ८६ हजार २४६ रहेको छ । ओसाका र फुकुओका प्रिफेक्चरहरूले पनि बिहीबार नयाँ दैनिक सङ्क्रमितको उच्च रेकर्ड रहेको जनाएको छ । यो भाइरसको अत्यधिक सर्नसक्ने क्षमता रहेको मानिएको बीए–५ ओमिक्रोन उप–प्रजातीले सङ्क्रमण दरलाई उच्च बनाएको छ ।

सरकारी अधिकारीले राजधानीका बासिन्दाहरूलाई बुस्टर मात्रा प्राप्त गर्न र अन्य एन्टिभाइरल उपायहरू अपनाउन आग्रह गरेका छन् । 

मन्त्री परिषद्का मुख्य सचिव तथा प्रवक्ता हिरोकाजु मात्सुनोले पछिल्लो सङ्क्रमण दर वृद्धिपछि भने, “चिकित्सा प्रणालीमा अधिकतम सावधानीपूर्वक प्रभाव हेर्नु आवश्यक छ । तथापि, नियमित गतिविधिमा लगाइने प्रतिबन्धले अर्थतन्त्रलाई प्रभाव पार्ने हुँदा अहिलेको अवस्थामा नियन्त्रणका लागि कुनै प्रतिबन्ध लगाउने सम्भावना छैन ।”

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।