‘चीनको वैदेशिक सहायता नीति विकासका साझा लक्ष्यमा केन्द्रित छ’

RSS २०७९-०४-०७ १५:४९:०० बजे

काठमाण्डौ।चीनको अन्तर्राष्ट्रिय विकास सहयोग नियोग (सिआइडिसीए) का प्रमुख लुओ झाओहुईले हालै केही अमेरिकी अधिकारीहरूले आफ्नो मुलुकको वैदेशिक सहायता नीतिलाई लिएर गरेको भ्रामक भनाइको खण्डन गरेका छन् ।

सिआइडिसीए र वाणिज्य मन्त्रालयको संयुक्त आयोजनामा बिहीबार भएको भ्रष्टाचार विरोधी मञ्चमा उनले चीनको वैदेशिक सहायता नीतिलाई बदनाम गर्न खोजेको अमेरिकी प्रयासको  निन्दा गरे ।

बितेका ७३ वर्षमा चीनले सधैं विदेशी सहायतालाई ठूलो महत्व दिएको र त्यसको प्रतिफल पनि सम्बद्ध देशले पाएका बताउँदै अमेरिकाले व्यक्तिगत लाभ लिन र आन्तरिक मामिलामा खुलेर हस्तक्षेप गर्न सहायताको ‘खाली चेक’ लेख्ने गरेको टिप्पणी गरे । उनले संयुक्त राज्य अमेरिकाको कमजोर विदेशी सहायताको अभिलेख पनि प्रस्तुत गरे । अमेरिका आफ्नो स्वार्थलाई अगाडि बढाउन र अन्य देशको आन्तरिक मामिलामा खुलेर हस्तक्षेप गर्न सहयोगका साधन प्रयोग गर्नबाट कहिल्यै पछि नपरेको आरोप पनि लगाए । 

चीनको वैदेशिक सहायता नीतिले विश्वको साझा विकासलाई प्रवद्र्धन गर्न तथा विकासोन्मुख देशका जनताको आर्थिक, सामाजिक र जीवनस्तरमा सुधार गर्न महत्वपूर्ण योगदान गरेको दाबी लुओले गरे । कोरोनाको महामारीका कारण उत्पन्न विश्वव्यापी आर्थिक मन्दी र त्यसको पुनरुत्थानका अवरोधबाट पार पाउन तथा  खाद्य सङ्कटलगायत कठिनाइबाट मुक्ति पाउन सबै देशले मिलेर काम गर्नुपर्नेमा उनले जोड दिए ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।