दक्षिण कोरियाको विदेशी मुद्रा सञ्चितिमा कमीे

RSS २०७९-०४-०७ १५:५१:०० बजे

काठमाण्डौ।आयातकर्ताहरूद्वारा ऊर्जामा उच्च लागतका बीच पनि गत महिना दक्षिण कोरियाको विदेशी मुद्रा सञ्चितिमा कमी आएको यहाँको केन्द्रीय बैंकले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्कमा देखिएको छ ।

बैंक अफ कोरियाका अनुसार जून महिनाको अन्तमा विदेशी मुद्राको सञ्चिति ८७.०६ अर्ब अमेरिकी डलर थियो । यो मे महिनाको तुलनामा २.११ अर्ब डलरले कमी हो । 

कम्पनीहरूको स्वामित्वमा रहेको विदेशी मुद्रा निक्षेप एक महिना पहिलेको तुलनामा १.३४ अर्ब डलरले घटेर ७२.५७ अर्ब डलर पुगेको छ ।  

डलरमा आएको वृद्धिपछि कोरियालीहरूले अमेरिकी डलर कोषबाट ७७ करोड अमेरिकी डलर अफलोड गर्दा उक्त सञ्चिति घटेर १४.४९ अरब अमेरिकी डलर पुगेको छ । 

जूनमा प्रति डलर १२८० दशमलब ८० रहेको कोरियाली वोनमा भने अघिल्लो महिनाको तुलनामा १२.४ वनले वृद्धि भएको छ । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।