काठमाण्डौ।सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु. ९४ हजार ५०० तोकिएको छ । गत शुक्रबार प्रतितोला रु ९४ हजारमा कारोबार भएको पहेंलो धातु आज प्रतितोला रु ५०० ले उकालो लागेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. ९४ हजार तोकिएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९३ हजार ५०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु.१० ले घटेर रु. एक हजार ५५ मा आएको महासङ्घले जनाएको छ ।