सेल्फी खिच्ने क्रममा भीरबाट खसेर दुई युवकको मृत्यु

RSS २०७९-०४-०८ ११:५५:०० बजे

काठमाण्डौ।खैबर पख्तुनख्वाको स्वात जिल्लामा सेल्फी खिच्ने क्रममा भीरबाट खसेर दुई युवकको मृत्यु भएको छ । 

घुमफिरको क्रममा स्वातको अलिदाद जहाँगिर गाउँमा अवस्थित रमणीय झरनामा पुगेका तीन जना युवकमध्ये २७ वर्षीय सनाउल्लाह झरना नजिकैको भीरमा उभिएर सेल्फी खिचिरहेका बेला चिप्लिएर लडेका तथा उनका २२ वर्षीय साथी अदनानले उनलाई बचाउन खोज्दा अदनान पनि चिप्लिएर पोखरीमा बजारिँदा दुवैजनाको घटनास्थलमा मृत्यु भएको प्रहरीलाई उद्धृत गर्दै समाचारपत्र डनले जनाएको छ । उनीहरू दुई सय फिटको उचाइबाट खसेका थिए । दुर्घटनाका साक्षी उमरले नजिकैको गाउँमा पुगेर घटनाबारे स्थानीयलाई जानकारी दिएका थिए । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।