माक्स अनिवार्य गर्न सिफारिस

RSS २०७९-०४-१० ११:५६:०० बजे

काठमाण्डौ। श्रीलङ्कामा घर बाहिर जाँदा मास्क अनिवार्य लगाउनु पर्ने व्यवस्था गर्न लागिएको छ ।कोरोना भाइरसको महामारी फेरि बढ्न थालेपछि स्वास्थ्य अधिकारीहरुले मास्क लगाउन अनिवार्य गर्नुपर्ने सिफारिस गरेका हुन् ।

भिडभाड भएका ठाउँमा जाँदा, सार्वजनिक सवारी साधनमा यात्रा गर्दा मास्क लगाउनु पर्ने नियमलाई कडाइका साथ पालना गराउन पनि सिफारिस गरिएको छ ।  स्वास्थ्य सेवा महानिर्देशक असेला गुनावार्डेनाले नयाँ सङ्क्रमितहरुको सङ्ख्या बृद्धि हुदै गएकाले सतर्कता पनि बढाउनु पर्नेमा जोड दिनुभयो । 

विषेशगरी देशको पश्चिमी प्रान्तहरुमा महामारी धेरै फैलिदै गएको पनि उहाँले मङ्गलबार जानकारी दिनुभयो ।महामारी सुरु भएदेखि नै मास्क अनिवार्य गरेको श्रीलङ्काले गत जुनदेखि मास्क अनिवार्य गरिएको नियम हटाएको थियो ।  

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।