घट्यो सुनको मूल्य,कतिमा हुँदैछ कारोबार ?

अर्थबिट २०७९-०४-११ ११:०१:०० बजे

काठमाण्डौ।सुनचाँदी बजारमा साताको दोस्रो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु. ९४ हजार तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९४ हजार २०० मा कारोबार भएको पहेंलो धातु आज प्रतितोला रु २०० ले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. ९३ हजार ५०० तोकिएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९३ हजार ७०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु.५ ले बढेर रु. एक हजार १५५ मा पुगेको महासङ्घले जनाएको छ ।

 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।