इयु डिजिटल प्रदर्शनीमा फिनल्याण्ड पहिलो स्थानमा

RSS २०७९-०४-१३ १५:४३:०० बजे

काठमाण्डौ।फिनल्यान्ड युरोपेली संघ डिजिटल कार्यसम्पादनमा पहिलो स्थानमा रहेको फिनल्याण्ड सरकारले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख  गरिएको छ ।

 युरोपेली आयोगको वार्षिक डिजिटल इकोनोमी एन्ड सोसाइटी इन्डेक्सको तुलनामा अधिकतम अङ्क १०० रहेको छ  जसमा फिनल्याण्डले यस वर्ष ६९.६ छ प्राप्त गरेको छ । इयुको औसत ५२. ३ रहेको छ। फिनल्याण्डले डेनमार्क, नेदरल्याण्ड र स्वीडेनलाई पछि पार्दै पहिलो स्थानमा परेको हो ।

 सन् २०१४ देखि इयुले सदस्य राष्ट्रहरूको डिजिटल कार्यसम्पादनको अनुगमन  गर्ने गरेको छ। फिनल्याण्ड २०१९ र २०२० मा पहिलो र २०२१ मा दोस्रो स्थानमा रहेको थियो भने  धेरै वर्षदेखि सूचीको शीर्ष स्थानमा रहेको छ।

यसबाट फिनल्याण्डले "डिजिटलाइजेसनको दिशामा काम प्रभावकारी रूपमा  काम गरिरहेको  प्रमाणित भएको छ ।

सबैको लागि दिगो भविष्य सृजना गर्न प्रविधि र सूचनाको प्रयोग भइरहेको  पनि सरकारी प्रेस विज्ञप्तिमा  उल्लेख गरिएको छ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।