काठमाण्डौ।सुनचाँदी बजारमा साताको दोस्रो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु. ९५ हजार ६०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९४ हजार ८०० मा कारोबार भएको पहेंलो धातु आज प्रतितोला रु १,२०० ले उकालो लागेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. ९५ हजार १०० तोकिएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९४ हजार ३०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु.३५ ले घटेर रु. एक हजार २२० मा पुगेको महासङ्घले जनाएको छ ।