श्रीलङ्काको मुद्रा सञ्चिति एक अर्ब ८५ करोड डलर

RSS २०७९-०४-१३ १५:०३:०० बजे

काठमाण्डौ।सन् २०२२ को जून अन्त्यसम्ममा श्रीलङ्काको मुद्रा सञ्चिति एक अर्ब ८५ करोड अमेरिकी डलर रहेको केन्द्रीय बैंकले शुक्रबार जनाएको छ ।

श्रीलङ्काको मुद्रा सञ्चिति सन् २०१९ को अन्त्यमा सात अर्ब ६० करोड अमेरिकी डलर पुगेको थियो तर त्यसबेला देखि सञ्चितिमा निरन्तर ओरालो लाग्दै आएको छ ।  सन् २०२० को अन्त्यसम्ममा उक्त मौज्दात पाँच अर्ब ७० करोड डलरमा झरेको थियो ।

केन्द्रीय बैंकको तथ्याङ्कअनुसार सन् २०२१ को अगस्तसम्ममा उक्त मौज्दात तीन अर्ब १० करोड पुगेको र र सन् २०२२ मार्च मसान्तसम्ममा यसमा थप कमी आई एक अर्ब ९० करोड डलर पुगेको थियो । 

आर्थिक सञ्चितिमा आएको गिरावटको अर्थ श्रीलङ्कालाई इन्धन र औषधि जस्ता अत्यावश्यक वस्तु आयात गर्न समस्या भएको छ ।  

अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैंक र अन्य थुप्रै दाताहरूले आर्थिक सहायता पुग्नुुअघि श्रीलङ्का सरकारले बनाएको ‘म्याक्रोइकोनोमिक’ योजनाबाट नै मुलुकको समस्या सम्बोधन गर्दै गर्न आह्वान गरेका छन् ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।