ग्यास पसलमा अभद्र व्यवहार गरेको आरोपमा १३ जना पक्राउ

अर्थबिट १४:४५:०० बजे

काठमाण्डौ।श्रीलङ्काको प्रहरीले शनिबार ग्यास पसलमा अभद्र व्यवहार गरेको आरोपमा १३ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूमध्ये धेरैजसो मदिरा सेवन गरी ग्यास पसलको सुरक्षामा खटिएका प्रहरीको काममा अवरोध पु¥याउने प्रयास गरेकाहरू रहेको प्रहरीले जनाएको छ ।

सरकारी स्वामित्वको सिलोन पेट्रोलियम कर्पोरेशनले जुनको अन्त्यमा खुद्रा तेल वितरण बन्द गरी जुलाईको मध्यमा मात्र पुन: शुरु गरेको थियो।

ऊर्जामन्त्री कञ्चना विजेसेखेराले यस हप्ताको शुरुमा ग्यास स्टेशनहरूले राष्ट्रिय इन्धन पास वा क्युआर कोड प्रणाली अगस्टदेखि मात्र स्वीकार गर्ने बताउनुभएको थियो ।

विदेशी मुद्राको सञ्चिति अभावका कारण श्रीलङ्काले फेब्रुअरी २०२२ देखि इन्धन अभावको सामना गरिरहेको छ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।