चीनले १६ अल्पविकसित देशहरूलाई शून्य ट्यारिफ व्यवस्था गर्ने

RSS २०७९-०४-१७ १७:०१:०० बजे

काठमाण्डौ।चीनले विभिन्न १६ अल्पविकसित देशहरूमा उत्पन्न हुने करयोग्य वस्तुहरूमा कर लाग्ने ९८ प्रतिशत वस्तु र सेवामा शून्य कर लगाउने  भएको छ।  राज्य परिषदको भन्सार शुल्क आयोगले सोमबार जारी गरेको विज्ञप्तिमामार्फत सो बारे जानकारी गराइएको छ। 

सेप्टेम्बर १ मा लागू हुने सो  नीतिले ती देशहरूसँग बजारका  विभिन्न अबसरहरू आदान-प्रदान गर्न  र साझा विकासको लागि जोड दिदै  मानव जातिको साझा भविष्य भएको समुदायको निर्माणलाई प्रवर्द्धन गर्न मद्दत  पुग्ने पनि  विज्ञप्तिमा भनिएको छ।

चीनसँग कूटनीतिक सम्बन्ध भएका सबै अल्पविकसित देशहरूमा यो व्यवस्था क्रमशः विस्तार हुने विज्ञप्तिमा उल्लेख गरिएको छ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।