संयुक्त राष्ट्रसङ्घघका महासचिव एसियाली देशको भ्रमणमा जाँदै

RSS २०७९-०४-१८ ०६:५२:०० बजे

काठमाण्डौ। संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेस एसियाली देशहरुको भ्रमणमा जान लाग्नुभएको उहाँका प्रवक्ताले बताउनुभएको छ । महासचिवका प्रवक्ता स्टेफान डुजारिकका अनुसार महासचिव गुटरेस जापान, मङ्गोलिया र दक्षिण कोरियाको भ्रमणमा जान लाग्नुभएको बताउनुभएको हो ।

महासचिव गुटरेस बिहीबार जापानका लागि प्रस्थान गर्नुहुने छ । जापानमा उहाँ हिरोसिमामा आयोजना हुने शान्ति स्मारक समारोहमा सहभागी हुनुहुने छ । त्यस अवसरमा उहाँले सन् १९४५ मा भएको हिरोसिमा र नागासाकी हमलाका पीडितहरुसँग पनि भेटघाट गर्नुहुने कार्यक्रम छ ।जापानमा रहँदा उहाँले त्यहाँका प्रधानमन्त्री फुमियो किसिदाका साथै अन्य विशिष्ट सरकारी अधिकारीहरुसँग पनि भेटवार्ता गर्नुहुने छ । जापानपछि उहाँ मङ्गोलिया र त्यसपछि दक्षिण कोरियाको भ्रमणमा जानुहुने छ । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।