पच्चीस बर्षे राष्ट्रिय आर्थिक कार्यक्रम बनाउन लागेको राष्ट्रपतिको भनाइ

RSS २०७९-०४-१८ १५:०८:०० बजे

काठमाण्डौ।श्रीलङ्काले आगामी २५ बर्षका लागि राष्ट्रिय आर्थिक कार्यक्रम बनाउन लागेको राष्ट्रपति रनिल विक्रमासिङ्घेले जानकारी गराउनुभएकबो छ । 

श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले देशको सङ्कट समाधानका लागि सहकार्य गर्न र सङ्कटग्रस्त अर्थतन्त्र सुधारका लागि सहकार्य गर्न सबै दलहरूलाई आह्वान गर्नुभएको छ ।  

उहाँले सबै पार्टीलाई सरकारमा सहभागी हुन र संयुक्त सरकार बनाउन पनि बुधबार आग्रह गर्नु भएको हो । सबै पार्टी र संयुक्त सरकारले मात्रै मुलुकको सङ्कट समाधान गर्न सक्ने भएकाले सहकार्यका लागि आह्वान गरेको उहाँको भनाइ छ ।

उहाँले सरकारका नीति तथा कार्यक्रममाथि पनि सबै दलहरूको सुझाव पनि अपेक्षा गरेको बताउनु्भएको छ । 

नवौँ संसदको तेस्रो अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी भइरहेका बेला उहाँले सबै दलहरूको सहयोगको अपेक्षा गर्नुभएको हो । 

श्रीलङ्कालाई अर्थतन्त्रमा आधुनिकिरण गर्न आवश्यक रहेको बताउदै उहाँले लामो समयसम्म विदेशी ऋणमा निर्भर पर्न नहुनेमा जोड दिनुभयो ।

अर्थतन्त्रलाई राम्रो तरिकाले व्यवस्थापन नगरेकाले अहिलेको आर्थिक सङ्कट उत्पन्न भएको उहाँको भनाइ छ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।