सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणले तनाव सृजना- महासचिव गुटेरेस

RSS २०७९-०४-१९ १५:३१:०० बजे

काठमाण्डौ।संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले बुधबार अमेरिकी सदनका सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणले तनाव सृजना गरेको बताउनु भएको छ।   उहाँले विश्व निकायको एक चीन नीति रहेको समेत स्पष्ट पार्नुभएको छ। 

युक्रेन सङ्कटबारे ग्लोबल क्राइसिस रेस्पोन्स ग्रुपको प्रतिवेदन सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उहाँले सो बारे स्पष्ट पार्नु भएको हो ।

"हाम्रो अडान एकदमै स्पष्ट छ। हामी महासभाको प्रस्ताव, एक चीन नीतिको पालना गर्छौं र हामीले गर्ने सबै कुरामा यही वकालतहुन्छ," गुटेरेसले भन्नुभयो। 

संयुक्त राष्ट्रसंघको महासभाले  सन् १९७१ मा प्रस्ताव  २७५८ पारित गरेको थियो जसले संयुक्त राष्ट्रसंघमा जनवादी गणतन्त्र चीनको वैध अधिकार पुनर्स्थापित गर्दै पीआरसी सरकारका प्रतिनिधिहरूलाई संयुक्त राष्ट्रसंघमा चीनको एक मात्र वैध प्रतिनिधिको रूपमा मान्यता दिने निर्णय गरेको थियो।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।