अमेरिका र ताइवान बीचको साँठगाँठलाई रोक्ने: चिनियाँ सेना

RSS २०७९-०४-१९ १५:३३:०० बजे

काठमाण्डौ।चिनियाँ सेनाका प्रवक्ताले बिहीबार ताइवान टापुको वरिपरि हुने सैन्य अभ्यासले संयुक्त राज्य अमेरिका र ताइवान क्षेत्रबीचको साँठगाँठलाई निष्तेज पार्न बलियो  बन्देज हुने भएको बताएका छन्।

अमेरिकी प्रतिनिधि सभाका सभामुख न्यान्सी पेलोसीको चीनको ताइवान क्षेत्रको भ्रमणप्रति कडा आक्रोशयुक्त प्रतिक्रिया व्यक्त गर्दै चीनको राष्ट्रिय रक्षा मन्त्रालयका प्रवक्ता तान केफेईले चीनको चिनियाँ सशस्त्र सेनाले 'जे भन्छ त्यो पूरा गर्ने' बताएको छ। 

चिनियाँ जनमुक्ति सेना (पीएलए) का पूर्वी थिएटर कमाण्डले ताइवान टापुको जल र हवाई क्षेत्रमा संयुक्त युद्ध प्रशिक्षण अभ्यासहरू आयोजना गरेको छ ।  सो अभ्यासमा समुद्री, भूमि लक्ष्यित आक्रमण हमलाहरू र हवाई क्षेत्र नियन्त्रण कार्यहरू  लगायतका समावेश छन्।  

सैनिक कमाण्डरले  तानले चिनियाँ सशस्त्र सेनाले दृढतापूर्वक देशको राष्ट्रिय सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको रक्षा गर्ने र कुनै पनि प्रकारको "ताइवान स्वतन्त्रता" गतिविधि र अन्य कुनै किसिमका बाह्य हस्तक्षेपको लागि कुनै ठाउँ नरहेको बताएको छ। 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।