दक्षिण सुडानमा थप दुई वर्षका लागि सङ्क्रमणकालीन सरकार रहने

RSS २०७९-०४-१९ १५:३९:०० बजे

काठमाण्डौ।दक्षिण सुडानका नेताहरूले बिहीबार मुलुकको सङ्क्रमणकालीन सरकार शान्ति सम्झौतामा सहमति भएको समयसीमाभन्दा थप दुई वर्ष रहने जनाएका छन् । 

विदेशी साझेदारहरूले दक्षिण सुडानमा अझै वैधानिकताको कमी भएको बताएका कारण सङ्क्रमणकालीन सरकारको अवधि लम्ब्याउनु परेको जनाइएको छ । 

झन्डै चार लाख नागरिकले युद्धमा ज्यान गुमाएपछि पाँच वर्षे गृहयुद्ध अन्त्य गर्न सन् २०१८ मा भएको सम्झौता भएको थियो ।

मन्त्रिपरिषद् मामिला मन्त्रालयका मार्टिन एलिया लोमुरोले भन्नुभयो, “शान्ति सम्झौता कार्यान्वयनमा बाधा पुग्ने चुनौतीलाई सम्बोधन गर्न यो निर्णय लिइएको हो ।” 

विश्वको सबैभन्दा कान्छोे राष्ट्र, दक्षिण सुडानमा सन् २०२३ को फेब्रुअरीमा निर्वाचनसँगै सङ्क्रमणकालको समापन गर्न लागिएको थियो । तर, सरकारले अहिलेसम्म संविधानको मस्यौदा तयार गर्नेलगायतका सहमतिका मुख्य प्रावधान पूरा गर्न सकेको छैन ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।