स्रोत नखुलेको ४९ लाखसहित पक्राउ

RSS २०७९-०४-१९ १५:५४:०० बजे

काठमाण्डौ।स्रोत नखुलेको रु ४९ लाखसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–६ भृकुटीचोकस्थित सडकखण्डमा सवारीसाधन जाँच गर्ने क्रममा बा ९९ प ७२०४ नम्बरको मोटरसाइकलमा सवार गोरखा घर भई काठमाडौँ तीनचुली बस्ने धावा घ्याल्चेन पक्राउ परेको प्रहरीले आज एक सूचना जारी गरी जनाएको छ । 

उनको साथबाट स्रोत नखुलेको (ताइवानबाट हुण्डीमार्फत प्राप्त गरेको) रु ३२ लाख बरामद गरिएको प्रहरीले जनाएको छ । उनीसँग थप सोधपुछ गर्दा कोठामा थप रकम राखेको भन्ने खुल्न आएपछि बुधबार राति कोठाबाट थप रु १७ लाख ५० हजार फेला परेको जनाइएको छ । उनीमाथि अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।