चीनले अमेरिकी सभामुख पेलोसीमाथि प्रतिबन्ध लगायो

RSS २०७९-०४-२० १५:३९:०० बजे

काठमाण्डौ।चीनले शुक्रबार अमेरिकी संसद्की सभामुख न्यान्सी पेलोसी र उनको निकटतम परिवारका सदस्यविरुद्ध प्रतिबन्ध लगाएको छ । चिनियाँ विदेशमन्त्रालयले सो निर्णयको घोषणा गर्दै अमेरिकी तीन शीर्ष अधिकारीहरूमध्येकी पेलोसीले देशको चासोलाई बेवास्ता गर्दै ताइवान भ्रमण गर्न जोड दिएका दिएको बताएको छ । 

यो भ्रमणले चीनको आन्तरिक मामिलामा गम्भीर हस्तक्षेप गर्ने, चीनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतालाई कमजोर पार्ने, एक चीन सिद्धान्तलाई कुल्चिने र ताइवान क्षेत्रमा शान्ति र स्थिरतालाई खतरामा पार्ने  पनि मन्त्रालयले जनाएको छ ।  

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।