अमेरिकामा बेरोजगारी दर ३.५ प्रतिशतले कम

RSS २०७९-०४-२० १५:४०:०० बजे

काठमाण्डौ।जुलाईमा अमेरिकी बेरोजगारी दर ३.५ प्रतिशतले कम भएको श्रम मन्त्रालयले शुक्रबार जनाएको छ । 

अमेरिकी रोजगारीको अवस्थामा वृद्धि गत महिनामा पनि उल्लेख्य देखिएको छ । थप पाँच लाख २८ हजारभन्दा बढी रोजगारी पाएको र यसलाई मन्दी आउने अनुमानबीच एक आश्चर्यजनक उपलब्धिका रूपमा लिइएको सरकारद्वारा शुक्रबार सार्वजनिक तथ्याङ्कमा जनाइएको छ ।

कोभिड–१९ महामारीपछि उद्योग तथा फर्महरूले मागेको जनशक्तिका कारण यस पहिले रोजगारी गुमेका अत्यधिक व्यक्तिले रोजगारी पाएका कारण अमेरिकी बेरोजगारी दर ३.५ प्रतिशतले कम भएको श्रम मन्त्रालयले जनाएको छ । 

तथ्याङ्कअनुसार कूल गैर–कृषि रोजगार पनि महामारीअघिको स्तरसम्म पुनः पुगेको तथ्याङ्कले देखाएको छ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।