रूसले यस वर्ष आफ्नो अन्न निर्यात योजना घटाउन सक्छ : कृषि मन्त्रालय

RSS २०७९-०४-२० १५:४२:०० बजे

काठमाण्डौ।रूसले यस वर्ष खाद्यान्न निर्यात कटौती गर्ने बताएको छ ।

रूसमा यस बर्ष कृषि क्षेत्रमा अपेक्षाअनुसार उत्पादन नहुने देखिएको कारण खाद्यान्न निर्यातलाई घटाउन लागिएको रूसी कृषि मन्त्रालयले शुक्रबार जनाएको हो । 

कृषि मन्त्री डिमिट्री प्याट्रसेवले निर्यात योजनालाई कम गर्न सकिने बताउनुभयो । “कूल १३ करोड टन खाद्यान्न उत्पादनको लक्ष्य भएपनि  खडेरी, अल्पवृष्टि, अतिवृष्टिजस्ता मौसमसम्बन्धी समस्याका कारण उत्पादन घटेको र यसले निर्यात कटौती गर्नुपर्ने बाध्यता देखिएको छ,” उहाँले भन्नुभयो ।

उहाँले स्वदेशी बजासलाई भने खाद्यान्न अभाव हुन नदिने बताउनुभयो । “यदि अपेक्षकृत उत्पादन नभएमा हामीले ५० करोड टन को निर्यात योजनामा संशोधन गर्नुपर्नेछ । अनि यसले विश्व अन्न बजारमा नकारात्मक असर पार्न सक्छ,” कृषि मन्त्रालयको टेलिग्राम च्यानलले पाटुशेभलाई उद्धृत गर्दै लेखेको छ । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।