इन्धन आयातका लागि नयाँ कम्पनीलाई अनुमति दिइने

RSS २०७९-०४-२२ १६:३३:०० बजे

काठमाण्डौ।श्रीलङ्काले मुलुकमा पेट्रोलियम पदार्थ आयात, वितरण र बिक्री गर्न नयाँ कम्पनीलाई अनुमति दिने तयारी गरेको छ ।

सरकारले उपयुक्त नयाँ फर्म वा कम्पनी छनोट गर्न एक समिति गठन जिम्मेवारी तोकेको हो । विद्युत तथा ऊर्जामन्त्री कञ्चन विजेसिकेराले शनिबार श्रीलङ्कामा पेट्रोलियम उद्योगमा धेरै कम्पनी संलग्न गर्ने सरकारको चाहना रहेको र यसैका लागि सरकारले नयाँ कम्पनीलाई प्रवेश गराउन चाहेको बताउनुभयो ।

हाल श्रीलङ्काको बजारका दुई हस्तीमध्ये सेलोन पेट्रोलियम कर्पोरेसन र लङ्का आइओसी मात्रै छन् ।  सन् २०२२ जुनमा श्रीलङ्काको मन्त्रिमण्डलले तेल उत्पादन गर्ने राष्ट्रका कम्पनीहरूलाई श्रीलङ्काको बजारमा इन्धन आयात र बिक्री गर्न अनुमति (ग्रीन सिग्नल) दिएको थियो ।   आफ्नो अर्थतन्त्रलाई निकै प्रभावित गर्ने इन्धनअभावपछि श्रीलङ्काले यो कदम चालेको हो ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।