बङ्गलादेशमा इन्धनको मूल्यमा भारी वृद्धि

RSS २०७९-०४-२२ १६:३७:०० बजे

काठमाण्डौ।बङ्गलादेश सरकारले इन्धनको मूल्य इतिहासकै सबैभन्दा उच्च बनाएको छ । सन् १९७१ मा देश स्वतन्त्र भएपछि पहिलोपटक खुद्रा इन्धनको मूल्यमा  उच्च वृद्धि भएको हो । 

बङ्गलादेश सरकारले शुक्रबार राति आजदेखि लागू हुने गरी इन्धनको मूल्य ५१.७ प्रतिशतले बढाएको हो । ऊर्जा तथा खनिज स्रोत मन्त्रालयले जारी गरेको मूल्य सूचनाअनुसार अहिले एक लिटर अक्टेनको मूल्य १३५ टाका  पुगेको छ । हिजो अपराह्नसम्म सोही परिमाणको पेट्रालको मूल्य ८९ टाका थियो । डिजेल र मट्टितेलको मूल्य पनि ४२.५ प्रतिशतले बढाएर प्रतिलिटर ११४ टाका कायम भएको छ । पेट्रोलको मूल्य ४४ टाकाले बढेर १३० पुगेको छ ।

अधिकारीहरूले भने कि खुद्रा स्तरमा पछिल्लो मूल्य वृद्धि राज्य सञ्चालित वितरण कम्पनीहरूलाई दिइएको सहुलियतको  बोझ कम गर्न अपरिहार्य भएकाले इन्धनको मूल्य बढाइएको उक्त मन्त्रालयले प्रेस विज्ञप्ति निकालेर जनाएको छ । साथै मन्त्रालयले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बङ्गलादेशको भन्दा धेरै बढी भएको बताएको छ ।

आर्थिक क्षेत्रका जानकाररूले इन्धनको मूल्यवृद्धिले मुद्रास्फीतिलाई बढाउने बताएका छन् गत जुनमा मुद्रास्फीति बढेर ७.५६ प्रतिशत पुगेको थियो । बितेका नौ वर्षयता पहिलोपटक यति उच्च बिन्दुमा मूल्यवृद्धि पुगेको हो । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।