काठमाण्डौ।सुनचाँदी बजारमा साताको दोस्रो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु. ९६ हजार ३०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९६ हजार ३०० मा कारोबार भएको पहेंलो धातु आज स्थिर भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. ९५ हजार ८०० तोकिएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९५ हजार ८०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यमै रु. एक हजार २०५ मा आएको महासङ्घले जनाएको छ ।