इजरायल र विद्रोही लडाकू समूहबीच युद्ध विराम गर्ने सहमति

RSS २०७९-०४-२३ ०७:००:०० बजे

काठमाण्डौ।इजरायल र विद्रोही लडाकू समूहका बीचमा युद्ध विराम गर्ने सहमति भएको छ । सोमबार मध्यरातदेखि लागू हुनेगरी युद्ध विरामको सहमती भएको इजरायलका प्रधानमन्त्री याइर लापिडले पुष्टि गर्नु भएको छ । 

लामो समयदेखि उनीहरुका बीचमा युद्ध चलिरहेको भएपनि पछिल्लो तीन दिन लगातार भिडन्त भएको थियो । भिडन्तमा परी कम्तीमा ४३ जनाको मृत्यु भएको थियो । ठूलो क्षति र सर्वत्रको दवावपछि युद्ध विराम गर्न दुवै पक्ष सहमत भएका हुन् । 

इजिप्टका मध्यस्थकर्ताहरूको सहयोगमा युद्धविराम भएको खवर थाहा पाएपछि स्थानीय बासिन्दाले खुशीयाली मनाएका छन् । इजरायलबाट भइरहेको आक्रमण रोक्न इजिप्टले पहल गरेर युद्ध विरामको वातावरण बनाएकोमा इस्लामिक जिहादका प्रवक्ताले खुशी व्यक्त गरेका छन् । 

इजरायलले गत सोमवार राति इस्लामिक जिहादका प्रमुख भनिएका बसिम सादीलाई पक्राउ गरेपछि तनाव बढेको थियो । इरानले समर्थन गरेको इस्लामिक जिहाद समूह गाजामा सक्रिय सबैभन्दा बलियो विद्रोही समूह मानिन्छ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।