काठमाण्डौ।सुनचाँदी बजारमा साताको तेस्रो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु. ९६ हजार ९०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु. ९६ हजार ३०० मा कारोबार भएको पहेंलो धातु आज प्रतितोला रु ६०० ले उकालो लागेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. ९६ हजार ४०० तोकिएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९५ हजार ८०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु.३५ ले बढेर रु. एक हजार २४० मा आएको महासङ्घले जनाएको छ ।