मन्दीसँगै व्यापारमा कमी आएपछि अलिबाबाले बर्खास्त गर्यो दश हजार कर्मचारी

RSS २०७९-०४-२६ ०६:०९:०० बजे

काठमाण्डौ।विद्युतीय व्यापार (इकमर्श) गर्ने चिनियाँ कम्पनी अलिबाबाले तीन महिनाका अवधिमा १० हजार कर्मचारीलाई बर्खास्त गरेको छ । आफ्नो आम्दानीमा ५० प्रतिशतले गिरावट आएपछि ठूलो सङ्ख्यामा कर्मचारी बर्खास्त गरेको विभिन्न सञ्चार माध्यमले जनाएका छन् । 

देशको अर्थतन्त्रमा आएको मन्दीसँगै व्यापारमा कमी आएपछि खर्च कटौती गर्ने प्रयासमा कर्मचारी निकालिएका हुन् । सन् १९९९ मा स्थापना भएको अलिबाबाको गत जुनमा सार्वजनिक भएको त्रैमासिक वित्तविरणअनुसार खुद आम्दानी २२.७४ अर्ब युआन कायम भएको थियो । अघिल्लो वर्ष सोही अवधिमा कम्पनीको आय ४५.१४ अर्ब युआन थियो । 

सन् २०१५ मा डानियल झाङ कम्पनीको प्रमुख कार्यकारी अधिकृत र २०१९ मा अध्यक्ष बनेपछि अलिबाबामा व्यापक फेरबदल भएको थियो । त्यसै वर्षको जुलाइमा कम्पनीले हङकङमा प्राथमिक सूचीकरणका निम्ति आवेदन गर्ने घोषणा गरेसँगै मुख्यभूमि चीनका लगानीकर्ताले पूँजी परिचालनको अवसर पाएका थिए । न्युयार्क स्टक एक्सचेञ्जमा समेत सूचीकरण भएको पहिलो ठूलो कम्पनी बन्न अलिबाबा सफल भएको थियो ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।