अफगानिस्तानका चार सय निजी विद्यालय बन्द भएको दावी

RSS २०७९-०४-२६ ११:५७:०० बजे

काठमाण्डौ। अफगानिस्तानका चार सयभन्दा बढी निजी विद्यालय बन्द भएको दाबी गरिएको छ । 

स्थानीय सञ्चार माध्यमले सम्प्रेषण गरेको समाचारअनुसार आर्थिक, राजनीतिकलगायतका विविध कारणले ती विद्यालय बन्द भएका हुन् । 

निजी विद्यालयको संगठनका नेता जाविहुल्लाह फुक्वानीले गरिबीका कारण अविभावकले आफ्ना बालबालिकालाई निजी विद्यालयमा भर्ना गर्न छाडेको जानकारी दिनुभयो ।

त्यसैगरी सरकारको निर्णयअनुसार कक्षा छदेखि १२ सम्म बालिकालाई विद्यालय जान निषेध गरिएकाले पनि विद्यार्थीहरूको सङ्ख्या घटेको उहाँको भनाइ छ । 

तालिबान सरकारका प्रमुख प्रवक्ता जाविहुल्लाह मुजाहिदले पनि धार्मिक कारणले छात्रालाई विद्यालय पढाउन नसकिएको स्पष्ट पार्नुभयो । 

बालिकाहरूलाई विद्यालय जान दिनुपर्ने दबाव अधिकारवादी, लोकतन्त्रवादी र विभिन्न अन्तरराष्ट्रिय निकायबाट आइरहेपनि तालिबान सरकारले अहिलेसम्म बेवास्ता गरिरहेको छ ।  

मुस्लिम कानुन र सरियाका कारणले बालिकाहरूलाई विद्यालय जान निषेध गरिएको निर्णय फिर्ता लिन नसकिएको उहाँको भनाइ छ । 

अफगानिस्तानमा तालिबान सरकार गठन भएपछि बालिकाहरूलाई विद्यालय जान निषेध गरिएको छ भने महिलालाई रोजगारी गर्न तथा घर बाहिर एक्लै हिड्न नपाइने व्यवस्था गरिएको छ । यस व्यवस्थाका विरुद्धमा सर्वत्र आवाज उठेपनि तालिवान प्रशासनले भने अस्विकार गर्दै आएको छ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।