राजापाक्षलाई अस्थायी बसोबासको लागि थाइल्याण्डले अनुमति दिने

RSS २०७९-०४-२६ ११:५९:०० बजे

काठमाण्डौ। श्रीलङ्काका पूर्वराष्ट्रपति गोटबाय राजापाक्षलाई थाइल्याण्डले कुनै समस्या नपु¥याउने शर्तमा अर्को देशमा स्थायी शरण खोज्न अस्थायी रुपमा थाइल्याण्डमा बस्न अनुमति दिएको छ ।

“श्रीलङ्काका पूर्व राष्ट्रपति गोटाबाया राजापाक्षे थाइल्याण्डमा स्थायी शरण खोज्न अस्थायी रूपमा बस्नेछन्,” थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान–ओ–चाले भन्नुभयो ।

“यो मानवीय मुद्दा हो । हामीले यो अस्थायी बसाइ हो भनेर प्रतिज्ञा गरेका छौं । कुनै पनि राजनीतिक गतिविधिलाई अनुमति दिइएको छैन, र यसले उनलाई शरण लिनको लागि एक देश खोज्न मद्दत गर्दछ,” कोलम्बो गजेट र थाइल्याण्ड सञ्चारमाध्यमले चान–ओ–चालाई उद्धृत गरी लेखेको छ ।

थाइल्याण्डका विदेशमन्त्री डन प्रमुदविनाईले अपदस्थ राष्ट्रपति अझै पनि कूटनीतिक राहदानीधारी भएकाले ९० दिन थाइल्याण्डमा बस्न सक्ने बताएका छन् । “श्रीलङ्का सरकारले भ्रमणको विरोध गरेको छैन र थाई सरकारले उहाँको लागि आवासको व्यवस्था गरेको छैन ।”

प्रमुदविनाईले भन्नुभयो, “कार्यवाहक राष्ट्रपति रानिल विक्रमासिंघेले सत्तामा रहँदा आफ्ना लागि काम गरेकाले यो भ्रमणले कोलम्बोसँग द्वन्द्व निम्त्याउने छैन । कोलम्बो गजेटका अनुसार मन्त्रीले राजापाक्षको बसाइले थाइल्याण्डका लागि समस्या सिर्जना गर्न नहुने शर्त रहेको बताउनुभयो । 

माल्दिभ्सपछि थाइल्याण्ड दोस्रो दक्षिणपूर्वी एसियाली देश हुनेछ, जहाँ राजापाक्षले गत महिना आफ्नो टापु राष्ट्रबाट भागेर अस्थायी शरण लिएका छन् । यसअघि श्रीलङ्काका पूर्वराष्ट्रपति राजापाक्षेको भिसा मान्य नभएपछि आगामी अगष्ट ११ मा सिङ्गापुरबाट बैंकक जाने कार्यक्रम तय भएको थियो । माल्दिभ्सबाट गत महिना सिङ्गापुरको चांगी विमानस्थलमा आइपुग्दा पूर्वराष्ट्रपति लाई १४ दिने भ्रमण पास दिइएको थियो  तर पछि यसलाई बढाएर थप दुई हप्ताका लागि बस्न अनुमति दिएको थियो ।

श्रीलङ्काको संसद्का सभामुख महिन्दा यापा आबेवर्दनाले गत जुलाई १५ मा राजापाक्षेको राजीनामा घोषणा गरेका थिए । राजापाक्षेको राजीनामापछि रानिल विक्रमासिंघेले जुलाई २१ मा श्रीलङ्काको संसद्मा प्रधानन्यायाधीश जयन्था जयसूर्यासमक्ष राष्ट्रपतिपदको शपथ लिनुभएको थियो । 

यसैबीच राजापाक्षले बिहीबार नै सिङ्गापुरबाट थाइल्याण्ड भ्रमणका लागि प्रस्थान गर्नुभएको बताइएको छ । उहाँलाई थाइल्याण्डले भ्रमण अनुमति दिएपनि यो छोटो अवधिका लागि भएको थाई अधिकारीले बताएका छन् । 

यसैबीच राजापाक्षले बिहीबार नै सिङ्गापुरबाट थाइल्याण्ड भ्रमणका लागि प्रस्थान गर्नुभएको बताइएको छ । उहाँलाई थाइल्याण्डले भ्रमण अनुमति दिएपनि यो छोटो अवधिका लागि भएको थाई अधिकारीले बताएका छन् ।  

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।