इन्डोनेसियाले १० लाख नरिवलको विरुवा रोप्ने

RSS २०७९-०४-२७ १४:३५:०० बजे

काठमाण्डौ।इन्डोनेसियाले देशमा १० लाख नरिवलको विरुवा रोप्ने योजना बनाएको छ ।  राष्ट्रपति जोको विडोडोलेको बिहीबार भएको मध्य जाभा प्रान्तको भ्रमणको क्रममा सो कुरा सार्वजनिक भएको हो ।

जोकोवीको नामले चिनिने राष्ट्रपतिले त्यहाँका दुईवटा गाउँको भ्रमण गर्ने क्रममा स्थानीय अधिकारीहरूसँग नरिवलका विरुवा रोपेको बताइएको छ । राष्ट्रपति जोकोवीले अहिलेसम्म त्यस प्रान्तमा करिब २,००,००० नरिवलका रूखहरू रोपिएको बताउँनु भएको छ ।

“अहिले यो सुरु मात्र गरेका छौँ करिब १० लाख  नरिवलका विरुवा रोप्ने लक्ष्य छ,“ उहाँले भर्चुअल पत्रकार सम्मेलनमा सो कुरा उल्लेख गर्नु भएको हो ।

नरिवलको रुखले एक वर्षमा १८० वटा फल फलाउन सक्ने र पाम सुगर र खाना पकाउने तेलमा प्रशोधन गर्न सकिने  बताइएको छ । साथै यसबाट स्थानीयको आम्दानीमा वृद्धि हुनेछ ।  

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।