मास्कको प्रयोग ओमिक्रोन विरुद्ध उपयोगी भएको अध्ययनको दावी

RSS २०७९-०४-२८ १५:३६:०० बजे

काठमाण्डौ।अष्ट्रेलियाका चिकित्सा अनुसन्धानकर्ताहरूले ओमिक्रोनको असर काम गर्न मास्कको प्रयोग अति उपयोगी भएको तथ्य पत्ता लगाएका छन् ।

चिकित्सा अनुसन्धानकर्ताहरुको समूह ' बुर्नेट इन्ष्टीच्युड' ले कोरोना भाइरसको फैलावट न्यूनिकरण गर्न मास्कको भूमिकाका बारेमा अनुसन्धान गरेको हो ।

अष्ट्रेलियाको भिक्टोरिया राज्यको सहकार्यमा गरिएको अध्ययनबाट तयार पारिएको प्रतिवेदन शुक्रबार सार्वजनिक गरिएको छ ।

प्रतिवेदनका अनुसार मास्कको प्रयोगले नयाँ सङ्क्रमितको सङ्ख्या २० प्रतिशत र मृतकको सङ्ख्या १४ प्रतिशतले घटेको देखिएको छ ।

उनीहरूले फरक फरक मास्कको प्रयोग र त्यसको प्रभावकारिताका बारेमा भने छुट्टै अध्ययन नगरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

जुनसुकै प्रकारको मास्क लगाएपनि कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन योगदान गरेको देखिएको अध्ययनकर्ताहरूले बताएका छन् । 

यस अध्ययनबाट कुल सङ्क्रमित र अस्पताल भर्ना भएकाहरूको सङ्ख्याको तुलना तथा सम्बन्ध देखाउन सकिने पनि जनाइएको छ । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।