धरान।स्टक ब्रोकर नम्बर १७ एबीसी सेक्युरिटीज प्रा.लि.ले सुनसरीको धरानमा शेयर बजार सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
शनिबार धरान जेसिस र एबीसी सेक्युरिटीजको मुख्य आयोजना र राउण्ड टेबल नामक सामाजिक संस्थाको सहयोगमा एकदिने शेयर बजार सचेतना कार्यक्रम सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा एबीसी सेक्युरिटीजका अध्यक्ष तथा सीइओ नितेश अग्रवालले धितोपत्रको दोस्रो बजारमा लगानीकर्ताको व्यवहारगत प्रवृत्ति र बजार गतिशीलता विषयमा विस्तृत जानकारी दिए । उनले शेयर बजारमा हुने चक्रमा लगानीकर्ताहरुको मनोविज्ञान कसरी हावी हुन्छ र कसरी सुरक्षित लगानी गर्ने विषयमा अनुभवसमेत साटे । उक्त कार्यक्रममा सहभागीहरुको जिज्ञासालाई समेत जवाफ दिएका थिए ।
सोही कार्यक्रममा टक ब्रोकर नम्बर १७ एबीसी सेक्युरिटीज प्रा.लि.धरान शाखा प्रमुख योगेश अग्रवाल आगामी दिनमा शेयर बजार तालिम निरन्तर दिइने बताउँदै शेयर नामसारीका विषयमा सहयोग तथा सहजीकरण गर्ने प्रतिवद्धता जाहेर गरे । यसैबीच कार्यक्रममा सहभागी पुराना शेयर लगानीकर्ताले आफ्नो एक दशक बढीको अनुभव समेत साटे । धितोपत्रको दोस्रो बजारमा कम्पनीका आधारभूत पक्षलाई अध्ययन गरी लगानी गर्न उनले सुझाए ।
हेर्नुस् भिडिओ :