काठमाण्डौ। नेपाल स्टक एक्सचेञ्जले एनएमबी बैंकद्वारा प्रवद्र्धन भएका २ म्युचुअल फण्डको इकाईमूल्य समायोजन गरेको छ ।
आज सोमबार नेप्सेले एनएमबी हाइब्रिड फण्ड एल वान र एनएमबी फिफ्टीको इकाईमूल्य समायोजन गरेको हो ।
नेप्सेले एनएमबी हाइब्रिड फण्ड एल वान र एनएमबी फिफ्टी दुवैले २१ दशमलव शून्य पाँच प्रतिशत नगद लाभांश समायोजन गरेको हो ।
मूल्य समायोजन पश्चात् एनएमबी हाइब्रिड फण्ड एल वान र एनएमबी फिफ्टीको क्रमशः रु.९.७८ र १२.६० कायम गरिएको छ ।
नेप्सेले आज कारोबार दिनको अन्तिम कारोबार दिनको मूल्यका आधारमा उपर्युक्त २ म्युचुअल फण्डका इकाईमूल्य समायोजन गरेको हो । यही समायोजित मूल्यमा आधारमा मंगलबार दोस्रो बजारमा एनएमबी हाइब्रिड फण्ड एल वान एनएमबी फिफ्टीको कारोबार खुल्नेछ ।